जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रबिन्द्र ढकाल

प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रबिन्द्र ढकाल

प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रबिन्द्र ढकाल चयन भएका छन्। कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

प्रभु बैंक लिमिटेडले देशभर रहेका ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी र सक्षम स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष ढकाललाई कम्पनीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका