जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तिहारसम्म १६ वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश

तिहारसम्म १६ वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश

तिहारअघि १६ बैंकले लाभांश घोषणा गरेका छन्। यसमध्ये  दुई वाणिज्य बैंकहरुले त साधारणसभा सकेर नगद लाभांश वितरणसमेत गरिसकेका छन्।

अहिले सञ्चालनमा २७ वटा वाणिज्य बैंक छन्। यसमध्ये सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन। यद्यपि बैंकले पछिल्लो दुई वर्षयता सरकारलाई नगद लाभांश वितरण गर्दै आएको छ।

गत आर्थिक वर्षको नाफाबाट सर्वाधिक लाभांश नबिल बैंकले घोषणा गरेको छ। बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमध्ये ३३.६ प्रतिशत बोनस सेयर हो।

कोभिड संक्रमणसँगै लकडाउन भएपछि पोहोरबाट राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्न थालेको छ। राष्ट्र बैंकले नगद लाभांश र बोनस सेयरको अनुपात नै तोकिदिएको छ। त्यही भएर लाभांश दिने बैंकहरुले बोनस सेयरलाई उच्च प्राथमिकतामा राख्ने गरेका छन्। यद्यपि लाभांश प्रस्ताव गरेका अधिकांश बैंकले दोहोरो अंकमा दिने घोषणा गरेका छन्।

बैंकबोनस सेयर %कुल लाभांश %
नबिल बैंक33.638
हिमालयन बैंक21.3826
सानिमा बैंक1717.89
नेपाल बैंक1417
नेपाल इन्भेष्टमेन्ट बैंक12.6116
सिटिजन्स बैंक12.9116
एनएमबि बैंक12.515.8
एनआइसी एसिया बैंक1515.78
नेपाल बंगलादेश बैंक1215.5
सिद्धार्थ बैंक14.2515
माछापुच्छ्रे बैंक13.314
बैंक अफ काठमाण्डू1014
ग्लोबल आइएमइ बैंक1013.5
स्ट्यान्डर्ड चार्टर्ड बैंक1013.06
एभरेष्ट बैंक610.32
कुमारी बैंक68.67

4280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?