
मुक्तिनाथ क्यापिटलले चुक्ता पुँजी दोब्बर पार्ने भएको छ। कम्पनीको मंगलबार बसेको विशेष साधारणसभाले अहिलेको चुक्ता पुँजीको शत् प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने एजेण्डा पारित गरेको छ।
क्यापिटलका अध्यक्ष सीताराम काफ्लेले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ५० लाख रुपैयाँ पुग्ने छ। क्पापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ।
कम्पनीले चालु आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ। साथै चालु वर्षभित्रै मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष संचालन गर्ने योजना समेत अगाडि सारेको छ
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































