जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थमन्त्रीका छोरा तिलक खतिवडा जनता बैंकबाट सनराइज बैंकमा

अर्थमन्त्रीका छोरा तिलक खतिवडा जनता बैंकबाट सनराइज बैंकमा

स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडाले जागिर छाडेका छन् । जनता बैंक छाडेका खतिवडा बढुवा भएर सनराइज बैंकमा काम शुरु गरिसकेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक आइटी एक्सपर्ट हुन् । २०६६ चैतमा स्थापना भएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा काम गर्थे । अढाई वर्षअघि बैंक व्यवस्थापनले उनको विभाग सरुवा गर्दै महाराजगञ्ज शाखाको प्रबन्धकको जिम्मेवारी दिएको थियो ।

अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबर बजार मूल्य हुन आउने लगानी छ ।

आफू सूचना प्रविधिको जानकार भएको तर बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडा सन्तुष्ट थिएनन् ।

‘तिलकजीले जनता बैंक छाडेको ३ महिनाजति भयो,’ जनता बैंक स्रोतले भन्यो ।

जनता बैंकमा उनी असिस्टेन्ट म्यानेजर थिए । सनराइज बैंकले डेपुटी म्यानेजर प्रस्ताव गरेपछि खतिवडा सनराइज गएका हुन् ।

सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ । उनले क्लिन इनर्जी बैंकको आइटी विभागबाट २०६३/६४ सालदेखि जागिरे जिवनको शुरुवात गरेका थिए । क्लिन इनर्जीमा ट्रेनिका रुपमा काम शुरु गरेका खतिवडा त्यसको झन्डै ३ वर्षपछि बढुवा भएर जनता बैंक गएका थिए ।

जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच गत असार तेस्रो साता मर्जरमा जाने समझदारी भयो । यी बैंकले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । मर्जरपछिको ग्लोबल आइएमइ बैंक अधिकांश सूचकमा नम्बर वान हुँदैछ । ग्लोबल र जनता बैंकबीचको मर्जर निश्चित भएपछि खतिवडाले जनता बैंकको जागिर छाडेका हुन् ।

खतिवडाका बुबा डा. युवराज खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

‘आफ्ना बाबु गभर्नर र अर्थमन्त्री भए पनि तिलकजीले कहिल्यै बाबुको शक्तिको फूर्ति देखाउनु भएन,’ उनीसँगै जनता बैंकमा केही वर्ष काम गरेका एक कर्मचारीले भने, ‘उहाँ प्रोफेसनल्ली काम गर्ने मान्छे हो ।’

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका