जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मर्चेण्ट बैंकर्स संघद्वारा अर्थ मन्त्री पौडेलसँग भेटवार्ता

मर्चेण्ट बैंकर्स संघद्वारा अर्थ मन्त्री पौडेलसँग भेटवार्ता

नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् । आज अर्थ मन्त्रालयमा पौडेलसंग भेट गरि संघका पदाधिकारीले बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

साथै पौडेलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् । भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका