जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजेटको बचाउमा उत्रिए अर्थमन्त्री शर्मा: पैसा बिनाको किसान पेन्सन योजनाबारे गरे प्रचार

बजेटको बचाउमा उत्रिए अर्थमन्त्री शर्मा: पैसा बिनाको किसान पेन्सन योजनाबारे गरे प्रचार

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्।
संसदीय छानबिनपछि पुन: मन्त्री नियुक्त भएपछि पहिलो पटक शर्मा सार्वजनिक कार्यक्रममा देखिएका हुन्। चालु बर्षको बजेट उनले नै ल्याएका हुन्।

भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा मंगलवार बोल्दै अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरेका छन्।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताएका छन्। मन्त्री शर्माले हामीसँग भएको श्रम,स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताए।

उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे। तर बजेटमा भने रकम बिनियोजन छैन।

मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए।

उनले कृषिमा जोडे मात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए।

मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए। उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे।

मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए। उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए।

2630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका