हामीले धेरै क्षेत्रको घर जग्गाको मूल्य संकलन गरेर प्रतिवेदन सार्वजनिक गरेका छौं । कतिपय अवस्थामा राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य व्यवहारमा भने नभएको प्रश्नहरु पनि आउने गरेका छन् ।
गत हप्ता मात्रै यस्ता प्रश्नहरू आएका थिए । त्यसैले राष्ट्र बैंकको वेवसाइटमा सीपीआईका सीमाहरू, भारहरू, बजार केन्द्रहरूको संख्या, वस्तुहरूको संख्या प्रभावकारी रुपमा राखिएको छ । सर्वसाधारणलाई जानकारी गराउनका लागि बैंकले सम्पूर्ण विवरणहरू वेवसाइटमा समावेश गर्दै आएको छ ।
कुनै पनि वस्तुको मूल्य तलमाथि हुनसक्छ । समग्रमा सीपीआई त्यहीअनुसार तलमाथि नहुन सक्छ । कुनै पनि क्रमिक समयमा अध्ययन गरेर कसलाई कति दिने भन्ने कुरा तय भएको हुन्छ ।
यसैगरी नयाँ अध्ययन गरेर राष्ट्र बैंकले नयाँ मूल्य तथ्याङ्क सार्वजनिक गर्न शुरु गरेको छ । धेरै तथ्याङ्कहरू सार्वजनिक गरिरहेका हुन्छौं । तर, प्रतिवेदनहरू यसरी सार्वजनिक रुपमा सार्वजनिकीकरण गरेका थिएनौं । यसलाई किन यसरी गरियो भन्दा यो नयाँ शुरुवाती थियो । यसमा नयाँ भएको कारणले केही सिमितता रहेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य तथ्याङ्क कत्तिको मान्यता प्राप्त छ भन्ने पहिलो प्रश्न छ । सात वटै प्रदेश, दुई–दुई जिल्ला र नगरपालिकाबाट तथ्याङ्क संकलन गरियो । जग्गाको मूल्य गाउँ, जिल्ला, सबै ठाउँहरूको मूल्याङ्कन कतिको मान्यता पाउँछ कुराहरू गरेका थियौं ।
बैंकले पहिलो पटक सार्वजनिक गरेको शुरुवाती भएको हुनाले सबै स्थानको मूल्य समावेश गर्न नसकेको हुनसक्छ । यो एउटा निकै ठूलो अवधारणा हो । यसमा टेकेर यसको प्रतिनिधित्व बढ्दै जानसक्छ ।
घरजग्गा कारोबारमा ठूलो अन्तर आएको देखिन्छ । त्यसमा बैंकले छलफल नगरेको होइन । घरजग्गा व्यवसायीहरूको संघ छ । घरजग्गा अपार्टमेन्टका कुराहरू आइरहेको छ । आर्थिक वर्ष २०७५/७६ मा एउटा अपार्टमेन्ट फ्लाट ७५ लाखसम्ममा पाउँथ्यो भने अहिले बढेर डेढ करोड पुगेको हुन सक्छ ।
एउटा कुनैपनि कोलोनीको घर विगतका दिनमा ७६ लाख रुपैयाँ मूल्य पर्ने आज अर्कै मूल्यमा पुगेको होला । यसलाई बैंकले मूल्यमा कब्जा गर्न सक्नुपथ्र्यो । बैंकले धितो राख्दा नै बैंकले मूल्याङ्कन गरेको छ । बैंकले गरेको मूल्याङ्कन कोलोनी र अपार्टमेन्टहरूको मूल्य तथ्याङ्कमा आएको छ ।
घरजग्गा व्यवसायीकै संगठनहरूले आफ्ना तथ्याङ्क र सूचना सुरक्षित रुपमा राखेर यो प्रक्रियामा सहयोग गर्ने हो भने तथ्याङ्कको नजिककमा पुग्न सकिन्छ ।
अहिले हामीले निकै मिहेनत गरेर रिपोर्ट बनाएका छौं । त्यसमा केही सीमा छन् । मेरो अपेक्षा भोलिका दिनमा थप परिमार्जन गर्दै, यथार्थपरक बनाउने र सबैखाले घरजग्गा सम्बन्धी सूचनाहरू समावेश गर्दै जाने हो ।
संसारका आर्थिक संकटहरू घरजग्गाका कारण आएका छन् । सन् १९९० मा जापानको समस्या र सन् १९९७/९८ को दक्षिण एसियाको संकट पनि घरजग्गाकै कारण थियो ।
नेपालमा पनि सन् २००८ देखि २०१० को अप्ठ्यारो स्थितिमा घरजग्गा कारणले असर परिरहेको थियो ।
संसारका आर्थिक मन्दी आउनुअघि घरजग्गाको मूल्यमा असर परेको देख्न सकिन्छ । तर यस्तो अवस्थमा स्पष्ट तथ्याङ्क पहिले नै हुने हो भने कुन दिशामा गइरहेको छ भन्ने देख्न सकिन्छ । तथ्यांकका आधारमा नीति नियम बनाउनेले के–कस्ता हस्तक्षेप तथा स्टेपलाई समयमा लिने हो त्यसका लागि सहयोगी पनि बन्छ ।
(नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा व्यक्त गरेको विचार)