जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • दिवाकर चन्दको सम्पत्ती कौडिको मुल्यमा हडपेका नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पाण्डे, हिमालयन बैंकका शेयरधनी र प्रमोटरहरुको राजीरोटी खोस्दैः मर्जरको निर्णय नगरेसम्म हिमालयन बैंकको वित्तिय विवरण स्वीकृत नगर्ने राष्ट्र बैंकको धम्कीः कहाँ छ अर्थमन्त्रालय ?

दिवाकर चन्दको सम्पत्ती कौडिको मुल्यमा हडपेका नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पाण्डे, हिमालयन बैंकका शेयरधनी र प्रमोटरहरुको राजीरोटी खोस्दैः मर्जरको निर्णय नगरेसम्म हिमालयन बैंकको वित्तिय विवरण स्वीकृत नगर्ने राष्ट्र बैंकको धम्कीः कहाँ छ अर्थमन्त्रालय ?

अहिले नेपाली सञ्चार माध्यामहरुमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक बीच मर्जर हुन्छ की हुँदैन ? मर्जर सकले भाड्यो ? किन ६ महिना हुँदा पनि यी दुई बैंक बीच मर्जर हुँदैन ? भन्ने समाचारहरु आएका छन् । मर्जर जबरजस्ती हुँदैन । ठुला दुई बैंक मर्जर हुन सबै कुरामा सहमती र सहकार्य हुनु जरुरी छ । सत्यतथ्य कुरालाई मात्रै सम्पत्तीमा राख्न पाइन्छ । तर, नेपाल इन्भेष्टमेण्ट बैंकले धेरै सम्पत्ती देखाउन लुटेका, हडपेका र मुद्दा मामिला परेको सम्पत्ती मर्जरको डिडिएमा राखेपछि मर्जर विवादमा फसेको हो भन्दा फरक पर्दैन ।

कसैले मर्जर भाँडेको छैन । यति मात्रै हो कि ५ अर्ब भन्दा बढि आयकर समेत नेपाल इन्भेष्टमेण्ट बैंकले छली गरेको फेला परेपछि यी दुई बैंकको मर्जर विवादमा फसेको हो भन्दा अब चाहि अन्यथा नहोला । भनिन्छ विवाह गर्न सबैकुरा मिल्नु पर्दछ । जात, मन, मान प्रतिष्ठा र समानता अनि मात्रै विवाहको साइत हेरिन्छ । दुई बैंक मर्जर हुनु पनि विवाह हुनु जस्तै हो । सबै विषयमा खुल्ला किताव जस्तै गरि छलफल हुनु जरुरी छ । लुकाएर ढाटेर, छक्याएर मर्जर हुँदैन । र हुनु पनि हुँदैन । यस्तै यस्तै भएको छ अहिले हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीचको मर्जर भन्दा अब चाहि फरक पर्दैन ।भनिनछ ४ वर्ष सम्म हिमालन बैंकका कर्मचारीहरुको तलब नबढाउने तर मर्जर हुने वित्तिकै नेपाल इन्भेष्टमेण्ट बैंकका कर्मचारीहरुको तलब बढ्ने । यो कस्तो सहमती हो गर्भनर साब ?

अर्को महत्वपूर्ण कुरा के छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले विवादमा फसेको, लुटेका, मुद्दामामिलामा परेका लाख होइन करोड होइन अर्बौको सम्पत्ती डिडिएमा मुल्याङ्कन गराई देखाएको भेटिएको छ यस्तो सम्पतीलाई मान्यता दिएर मर्ज गर्न कति उचित छ गर्भर साब यति मात्र होइन भनिन्छ राष्ट्र बैंकले हिमालयन बैंकले पठाएको लाभाशं घोषणाको वित्तिय विवरण मर्जर निर्णय सञ्चाल समितिबाट नगराएसम्म स्वीकृत नदिने भन्दै दबाब दिनु कति उचित छ ? हुन कानूनमा यस्तो देखिएको छ ?

यो चाहि खालीको पक्ष पक्कै बनेको छ भन्दा फरक पर्दैन । के राष्ट्र बैंकको काम जबरजस्ती मर्जर गराउने हो कि, देशको अर्थतन्त्रलाई चलायमान गर्ने हो ? यो पक्ष गंम्भिर बन्दै गएको छ । भन्दा फरक पर्दैन । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी राष्ट्र बैंक बुझेका गर्भनर भनेर । बुझ्नेहरुले अब प्रश्न उठाइरहेका छन् । के मर्जर गर्दा सबै कुरा छुट हुन्छ । के प्रक्रिया मिलाउन पर्दैन, यि विषयमा अहिले चर्चाको विषय बनेका छन् ।

हामीले समाचार दिनु बदमासी भएको कुरा बाहिरल्याउनु मर्जर भाड्नुहोइन । सत्यतथ्य बुझ्नु राष्ट्र बैंकलाई घच्घचाएको चाहि सत्य हो ।
गर्भनर साब दशेको कानून भन्दा माथी कोही छैन । सबैले कानून पालना गर्नुपर्दछ । के राणा र पाण्डे परिवारलाई चाहि कानून लाग्दैन । यो राणा शासन होइन, राजतन्त्र होइन । गणतन्त्र नेपाल हो । त्यसकारण प्रक्रिया पद्दती, नियम, कानून भित्र रहेर मर्जर हुनु पर्दछ भन्ने आम हिमालयन बैंकका लाखौ शेयरधनी र प्रमोटरहरुको चाहना हो भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् ।

दिवाकर चन्दको सम्पत्ती हडपेर उनीको ज्यान लिएको नेपाल इन्भेष्टमेण्ट बैंकले अब हिमालयन बैंकका लाखौ शेयरधनी र प्रमोटरहरुको रोजीरोटी खोस्दै छ भन्दा फरक पर्दैन । राणा परिवार र पाण्डे परिवारको स्वार्थका कारण अरु लगानीकर्ताहरुको उठिबास हुँदैछ भन्दा फरक पर्दैन । तर, निकम्मा राष्ट्र बैंक राणा र पाण्डे परिवारको छत्र छायामा तै चुप मै चुप छ भन्दा फरक पर्दैन । अर्थमन्त्री जनार्दन शर्मान्यू हेक्का होस् । सचेत भया ।

5810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका