जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पत्रकारलाई कोरोना बीमा, दुर्घटना बीमा र अनलाईनहरुलाई लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको छु

पत्रकारलाई कोरोना बीमा, दुर्घटना बीमा र अनलाईनहरुलाई लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको छु

मुलुकका अर्थमन्त्री डा. युवराज खतिवडले बजेटबारे सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै राष्ट्रिउ सभामा भनेः– पत्रकारहरुको कोरोना बीमा छ साथै पत्रकार दुर्घटना बीमा पनि सञ्चार क्षेत्रमा भएकोले अब आगामी वर्षदेखि विज्ञापन बोर्ड गठन गरि अनलाईनहरुलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने छौं ।
बुधबार राष्ट्रियसभामा बोल्दै हालसम्म छापामा मात्रै उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापन अब विद्युतीय माध्यमका सञ्चारमाध्यमले पनि पाउने व्यवस्था बजेटमा गरेका छौं उनीले भने । यसका लागि निश्चित मापदण्ड बनाएर विज्ञापन दिइने छ ।

लोककल्याणकारी विज्ञापनको हकमा अब छापामाध्यमबाट मात्रै नभइ अब विद्युतीय माध्यमबाट पनि दिन सकिन्छ भन्ने हिसाबले बजेटमा व्यवस्था गरिएको अर्थमन्त्री डा. खतिवडाले दाबी गरे । उनीले भने अब विज्ञापन बोर्ड गठन भइसकेपछि बोर्डले विधिसम्मत् ढंगले विज्ञापन दिन्छ,। अब छिट्टै विज्ञापन बोर्ड गठन भएर निश्चित मापदण्डका आधारमा विज्ञापन उपलब्ध दिइने छ ।
अर्थमन्त्री डा. खतिवडाले सञ्चारमाध्यम लगायतका संस्थालाई यसपटकको बजेटले सबैभन्दा धेरै सम्बोधन गरेको तर्क समेत गरे ।

अर्थमन्त्री डा. खतिवडाले कारोबारका आधारमा लाग्ने शुल्क ५० प्रतिशतले घटाइएको बताउँदै दर्ता, नविकरण गर्ने समय बढाइएको र सबै किमिसका बैंकिङ प्रणालीबाट ऋण लिनेलाई पनि ब्याजको स्किम र ब्याज पर सार्ने स्किम पनि दिइएको दाबी गरे ।

8345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका