

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।
बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।
६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागि २०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा २०७७ फागुन १६ गते कालगतीले निधन भएको हो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सीता सापकोटाको समेत उपस्थिति रहेको थियो ।