जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, समितिको निर्देशनपछि घट्यो दर

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, समितिको निर्देशनपछि घट्यो दर

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसर लाभांश परिमार्जन गरिएको जनाएको छ ।

कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । अब भने कम्पनीले हाल कायम चुक्ता पुंजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

बीमा समितिले आयकर खर्च सम्पति ब्यबस्था गर्न र शेयर प्रिमियम हिसाबबाट बोनस शेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरि परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएकोले सोहि अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 

image.png

4640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका