जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ ।

आफूविरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

5835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका