

गरिमा विकास बैंकले समयानुकुल आफ्ना ग्राहकलाई विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आएको छ ।
अहिले पनि बैंकले गोल्डस्टारसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट पाइने भएको छ ।
छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।
हाल, बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।