जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङमा राहत वितरण

एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङमा राहत वितरण

मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकद्वारा राहत वितरण गरिएको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे ग“ाउपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष  कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण भएको थियो ।

अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन । हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् ।

बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ । चामे ग“ाउपालिका का वडा नं. ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

5965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका