जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ७७%ले बढ्यो

सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ७७%ले बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन रेको वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा १० करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७ दशमलव १५ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७७ दशमलव ०४ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बुद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ३२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्ललो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५३ लाख रुपैयाँ यस्तो खर्च गरेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३४ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड ६२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ करोड २५ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा कम्पनीको महा विपत्ती कोषमा ३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

4105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका