जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेगा बैंकको नाफा ३५ प्रतिशत बढेर मार्यो छलाङ, ९ महिनामा कमायो १ अर्व ९७ करोड

मेगा बैंकको नाफा ३५ प्रतिशत बढेर मार्यो छलाङ, ९ महिनामा कमायो १ अर्व ९७ करोड

मेगा बैंकको नाफा ३५ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त्सम्ममा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो ३५.९५ प्रतिशतले बढेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी समेत उकालो लागेको छ ।बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा पनि ३३ प्रतिशतले उकालो लागेको छ ।

नाफा संगै अन्य सुचक बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने बढेको छैन । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि ४५ करोडबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको निक्षेप संकलन पनि ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

5580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका