जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बीमा लेखको भुक्तानी नपाएको भन्दै बीमा कम्पनीहरु बिरुद्ध ८ सय भन्दा बढि उजुरी दर्ताः बीमा समिति बेखबर !

बीमा लेखको भुक्तानी नपाएको भन्दै बीमा कम्पनीहरु बिरुद्ध ८ सय भन्दा बढि उजुरी दर्ताः बीमा समिति बेखबर !

‘नेपालको कानून दैवले जानुन’ भन्ने पूरानो उखान बीमा समितिमा लागु हुँदै आएको छ भन्दा अब चाहि फरक पर्दैन । गरिब जनताले रगत र पसिनाबाट कमाएको सानो पैसाले भविष्यमा केही पाउने आशमा गरेको बीमा लेखकै भुक्तानी नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुले विभिन्न कारण देखाउदै नदिएपछि अहिले सय होइन सयौ उजुरी बीमा समितिमा परेको भेटिएको छ हेक्का होस् ।
भनिन्छ, बीमा लेख बनाएपछि बीमा कम्पनीहरुले त्यसको भुक्तानी गर्नै पर्दछ । तर, बीमा कम्पनीहरु सानो तिनो कागजपत्र नपुगेको भन्दै भुक्तानी दिन चाहादैनन् । कारण के हो बीमा समितिका अध्यक्षज्यू ? जम्मा जम्मी ३० प्रतिशत पनि बीमाको पहुँच नपुगेको नेपाली बीमा बजारमा यसले कस्तो सन्देश दिने हो हेक्का होस् ।

कोरोना बीमा त रोकिएकै छ यो बीमा कहिले विमितले पाउने हुन् त्यो हेर्न वाँकी नै छ तर, कोरोना बाहेकका बिमितलाई भुक्तानी नदिनु ठगी नभए के हो बीमा समितिका अध्यक्ष ज्यू ? हेक्का होस् । यतिमात्रै होइन बीमा लेखको भुक्तानी नपाएपछि बिमितले बीमा समितिमा दिएका उजुरी माथी किन छानवीन हुँदैन कारण के हो ? यसको खोजी हामीले अब शुरु गरेका छौं ।
विगत ५ वर्षमा करिब १ हजार उजुरी बीमा समितिमा पुगेपनि किन समितिले समयमै छानवीन गर्दैन यसले के प्रष्ट गर्दछ भने बीमा समितिका कर्मचारीहरु पनि बीमा कम्पनीहरुको मोटो गिफ्ट र महंगो हुस्की भित्र त रमाएका छैनन् बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालज्यू ? हेक्का होस् । बिमितले बीमालेख लिएपछि भुक्तानी पाउनु पर्दछ । भनिन्छ बीमा दुखको साथी हो रे के दुखमा साथ नदिने साथी बन्ने सक्दैन हेक्का होस् ।

बीमा समितिमा उजुरीको चाङ्ग
अब यो पनि हेरो यति धेरै बिमितले उजुरी दर्ता गर्दा पनि किन सुनुवाई हुँदैन यो चाहि खोजी कै विषय अब पक्कै बन्नु पर्दछ र बन्ने पनि छ । बीमा कम्पनीहरुले घर घरमा गएर टोल टोलमा गएर फकाएर, लोभ देखाएर, बीमा लेख बनाउने र महिनै पिच्छै किस्ता लिने नाफा कमाउने अनि बिमितलाई भुक्तानी नदिने बीमा समितिका अध्यक्षज्यू ?

पाँच वर्षको अवधिमा बीमा समितिमा ८०५ वटा दावी भुक्तानीका उजुरी परेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४ देखि आव वर्ष २०७८ फागुनसम्म बीमा पोलिसीको भुक्तानी नतिर्ने विभिन्न बीमा कम्पनी विरुद्ध समितिमा उजुरी परेको भेटिएको छ । परेका उजुरीमध्ये २९५ वटा मुद्दाको फैसला भएको समितिले जनाएको छ । पाँच सय मुद्दा फैसला हुन बाँकी रहेका छन् भने १० वटा मुद्दा तामेलीमा रहेको समितिले जनाएको छ । ग्राहकहरुले बीमा पोलिसी अनुसारको समयमा दावी भुक्तानी नगर्ने बीमा कम्पनी विरुद्ध कारवाहीको माग गर्दै उजुरी दिने गरेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ११६ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये २६ वटा मुद्दाको फैसला भएको छ । सात वटा मुद्दा तामेलीमा रहेका छन् भने ८३ वटा मुद्दा फैसला हुन बाँकी रहेको देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा १८७ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये ८५ वटा मुद्दाको फैसला भएको छ । एउटा मुद्दा तामेलीमा रहेको छ भने ८३ वटा मुद्दा फैसला हुन बाँकी रहेको समितिले जनाएको छ भन्दा फरक पर्दैन ।

आव २०७६÷७७ मा समितिमा विभिन्न कम्पनीका १८७ वटा उजुरी परेका छन् । जसमा १३७ वटा मुद्दा परेकोमा ८५ वटा मुद्दाको फैसला भएको छ । १०१ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् भने एउटा मुद्दा तामेलीमा रहेको देखिन्छ । आव २०७६ मा बीमा समितिमा २२९ वटा मुद्दा परेका थिए । जसमा ९१ वटा मुद्दाको फैसला भएको छ । १३६ वटा मुद्दाको फैसला हुन बाँकी रहेको बीमा समितिले जनाएको छ भने दुई वटा मुद्दा तामेलीमा रहेका छन । समितिका अनुसार आव २०७८ मा २७३ वटा मुद्दा परेका थिए । ती मुद्दाहरुमध्ये ९३ वटा मुद्दाको फैसला भएको छ । १८० वटा मुद्दाको फैसला हुन बाँकी रहेको भेटिएको छ तर किन समयमै उजुरी सुनुवाई हुँदैन कारण के हो ? सचेत भया ।

5420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका