जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • २७ वाणिज्य बैंकका कर्मचारीहरुलाई डरलाग्दो ५ अर्ब २५ करोड बोनस, कर्जाका ग्राहकलाई १५ प्रतिशत ब्याजदरः राष्ट्र बैंक बेखबर ?

२७ वाणिज्य बैंकका कर्मचारीहरुलाई डरलाग्दो ५ अर्ब २५ करोड बोनस, कर्जाका ग्राहकलाई १५ प्रतिशत ब्याजदरः राष्ट्र बैंक बेखबर ?

नेपालका २७ वाणिज्य बैंकहरुले तरलता अभावको कारण देखाउँदै कर्जाका ग्राहकहरुलाई १५ प्रतिशत भन्दा बढि ब्याजदर तोकेका छन् भन्दा फरक पर्दैन । तर, कर्मचारीहरुका लागि भने डरलाग्दो बोनस शेयर दिएका छन् भन्दा फरक पर्दैन । २७ वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि सुन्दा पनि जिउ सिरिङ्ग हुने ५ अर्ब २५ करोड बराबरको बोनस दिएका छन् भन्दा फरक पर्दैन । तर, राष्ट्र बैंक तै चुप मै चुप भएर बेखबर जस्तै बनेको छ भन्दा अब फरक पर्दैन । डिपोजिट दिने, कर्जा लिने ग्राहकहरुलाई चर्को ब्याज लिने र आ–आफ्ना कर्मचारीहरुलाई चाहि डरलाग्दो बोनस दिने २७ वाणिज्य बैंकहरुका सीइओ साबहरुलाई टाई सुट लगाएका गुण्डा नभनेर के भन्ने यसबारेमा खोजी अब शुरु भएको छ ।

हामी जस्ता निरिह ग्राहकले कर्जा लिदाँ जग्गा दृष्टि बन्धक गरेको रकम समेत कर्जाका ग्राहकलाई तिराउने, १५० रुपैयाको नक्सा लिदा पनि त्यो पैसा कर्जा ग्राहकलाई नै तिराउने कर्जामा ०.१ प्रतिशत सेवा शुल्क लिने वाणिज्य बैंकहरुको दादागिरीले हद नागेको छ तर, निकम्मा राष्ट्र बैंक बोल्दैन । कारण के हो ? गर्भनर साब हेक्का होस् ।

नेपालमा संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २६ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीहरुलाई लागि ५ अर्ब २५ करोड बढी बोनसको लागि रकम छुट्याएको भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ वटा वाणिज्य बैंकले ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । वाणिज्य बैंकहरुमध्ये हिमालयन बैंकले भने बोनस शेयरको घोषणा गरेको देखिदैन ।

ग्लोबल आइएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी बोनस रकम छुट्याएको छ । चालु आवको ६ महिनामा बैंकले ४० करोड ८८ लाख ८७ हजार रुपैयाँ छुटयाएको छ ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंकले बोनसका लागि सबैभन्दा कम रकम छुट्याएको छ । बैंकले सबैभन्दा कम ८ करोड १३ लाख ५९ हजार रुपैयाँ छुट्याएको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक कर्मचारीलाई बढी रकम बोनस छुट्याउने बैंकको दोस्रो नम्बरमा परेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा कर्मचारीको बोनसका लागि ३८ करोड १२ लाख ८० हजार रुपैयाँ छुट्याएको छ ।

नबिल बैंक लिमिटेड
नबिल बैंकले ३४ करोड ६३ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकले ३० करोड ४६ लाख ८३ हजार रुपैयाँ कर्मचारीको बोनसका लागि छु्ट्याएको छ ।

एनएमबि बैंक लिमिटेड
एनएमबिले २६ करोड ९३ लाख ७७ हजार छुट्याएको छ ।

प्राइम कर्मशियल बैंक लिमिटेड
प्राइमले २६ करोड ७७ लाख ५० हजार छुट्याएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंकले २५ करोड ७८ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले २५ करोड २४ लाख ४ हजार रुपैयाँ छुट्याएको छ ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंकले २३ करोड १९ लाख १ हजार रुपैयाँ छुट्याएको छ ।

मेगा बैंक लिमिटेड
मेगा बैंकको २२ करोड २५ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंकले २० करोड ४५ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ ।

सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकले १९ करोड ५१ लाख ९६ हजार रुपैयाँ छुट्याएको छ ।

नेपाल बैंक लिमिटेड
नेपाल बैंकले १८ करोड ७३ लाख २८ हजार रुपैयाँ छुट्याएको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्टयान्डर्ड चार्टर्ड बैंकले १७ करोड २५ लाख ३ हजार रुपैयाँ छुट्याएको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंकले १६ करोड ८१ लाख ३६ हजार रुपैयाँ छुट्याएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले १६ करोड ४ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंकले १५ करोड २६ लाख २९ हजार रुपैयाँ छुटाएको छ ।

एनसीसी बैंक लिमिटेड
एनसीसी बैंकले १४ करोड ७ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले १३ करोड ३१ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकले १२ करोड ५८ लाख ५ हजार रुपैयाँ छुट्याएको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले १२ करोड ४२ लाख ५१ हजार रकम छुट्याएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकले ११ करोड ८७ लाख ९५ हजार रुपैयाँ छुट्याएको छ ।

सनराइज बैंक लिमिटेड
सनराइज बैंकले ११ करोड ८३ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ ।

सेञ्चुरी बैंक लिमिटेड
सेञ्चुरी बैंकले ११ करोड ४६ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूले कर्मचारीको बोनसका लागि ११ करोड ८ लाख ४१ हजार रुपैयाँ छुट्याएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस वितरण गर्न थालेको देखिन्छ । मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । बोनस ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश दिने गर्दछ ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता÷किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश दिने गरेको देखिन्छ । कर्मचारी र शेयरधनी मोटाउने कर्जा ग्राहकलाई लुट्ने बैंक र वित्तिय संस्था माथी किन राष्ट्र बैंक कारवाही गर्दैन ? सचेत भया ।

6945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका