जोडिनुहोस
शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • २४ वर्षीय बिकी खड्काका साथमा ५० लाख रुपैयाँ खोज्दै जाँदा भेटियो डेढ करोड रुपैयाँ नगद

२४ वर्षीय बिकी खड्काका साथमा ५० लाख रुपैयाँ खोज्दै जाँदा भेटियो डेढ करोड रुपैयाँ नगद

नेपाल प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ। कारोबारमा प्रयोग गरिएको एक करोड ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं ताहचल डेरा गरी बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल र बिकी खड्का छन्। अग्रवाल मख्खनमा बिमला इन्टरनेशनल प्रालीको नामबाट नक्कली गरगहनाको होलसेल कारोबार गर्दै आएका छन्। 

ती व्यक्तिविरुद्ध गोप्य सूचनाको आधारमा प्रहरीले अप्रेशन सफल बनाएको हो। प्रहरीले फागुन २२ गते २४ वर्षका बिकीको साथबाट ५० लाख रुपैयाँसहित समातिएका थिए। सो रकम कालिमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट अग्रवालको कोठामा पुर्याउन बिकी हिँडेका थिए।

बिकीले दिएको सूचनाको आधारमा अग्रवालको डेरा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ भेटिएको हो। प्रहरीले ती व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ। 

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका