जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको सीइओको बार्षिक तलव सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख

प्रभु बैंकको सीइओको बार्षिक तलव सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक बर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ।

उनले गत आर्थिक बर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ बुझेका छन्। यसबाहेक दसैं तथा बिदा बापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन्। उनले कुल बुझेको रकममा ३६ प्रतिशत आय कर पनि बुझाएका छन्।

अघिल्लो बर्ष उनले २ करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता बाहेक इन्धन र मर्मत संभारसहित सवारी साधन उपलब्ध गराएको छ।

बैंकले अन्य पदाधिकारीहरुलाई २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ। उनीहरुले तलब भत्ताबाहेक प्रमुख कार्यकारीले जस्तै दुर्घटना बीमा, औषधोपचार बीमा सुविधा पाएका छन्। यसबाहेक आश्रित परिवारको बीमा पनि सुविधा पाएका छन्।

बैंकको प्रमुख कार्यकारी शेरचन हुन् भने ब्यवस्थापन समूहमा मणिराम पोखरेल, भोलाप्रसाद पाठक र निरज लम्साल छन्।

बैंकले बोनस सहित कर्मचारीमा कुल २ अर्ब १५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। बैंकको सञ्चालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ छ।

बैंकले पुस २६ गते डाकेको साधरणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, ६ जना सञ्चालकहरुको निर्वाचन गर्दैछ। तीन जना सर्वसाधारण र बाँकी तीन संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्दैछ। बैंकले १० प्रतिशत बोनस सेयरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ। यसबाहेक कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांसको एजेण्डा पनि लैजाँदैछ।

बैंकले गत आरुथिक बर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकसँग कुल सम्पति एक खर्ब ६७ अर्ब रुपैयाँ छ

6435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका