जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित छन्, हल्लाको पछि नलाग्नू : सीबीफीन

बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित छन्, हल्लाको पछि नलाग्नू : सीबीफीन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले सबै बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित रहेका धारणा राखेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध फैलिएको अफवाह, आशंका र अविश्वास बढाउने गरी आएका समाचारहरुमा ध्याकर्षण गराउँदै परिसंघले उक्त अफवाहहरुमा नलाग्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको हो ।

२०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम नभएको परिसंघले जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु सबल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरु पालना गर्दै आएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३ तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारबाही हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै क्यापिटल एडिक्वेसी रेसियो, लिक्विडिटी रेसियो, सीडी रेसियो, क्यास रिजर्भ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुन्छ ।

साथै, परिसंघले केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका