जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सनराइज बैंकले स्वास्थ्य योजना परिमार्जन, ५ लाखसम्मको दुर्घटना बीमा हुने

सनराइज बैंकले स्वास्थ्य योजना परिमार्जन, ५ लाखसम्मको दुर्घटना बीमा हुने

सनराइज बैंकले बचत खातामा उपलब्ध हुँदै आएको स्वास्थ्य योजना परिमार्जन गरेको छ । २०७४ साल चैत्र १ गतेदेखि शुरु भएको योजनामा बैंकले अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्मको बीमा उपलब्ध गराएको छ । बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनेछ ।

साथै ५ लाख रुपैयाँसम्म दुर्घटना बीमाका साथै नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्याण्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ ।

साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च दिने भएको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजार रुपैयाँसम्म दिइने बैंकले जनाएको छ ।

उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउनेले मात्रै लिन सक्नेछन् ।

3625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?