जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ईसेवा मनी ट्रान्सफरबाट आएको रेमिट्यान्स सिधैं ईसेवा वालेट वा एजेन्ट नेटवर्कबाट झिक्न मिल्ने

ईसेवा मनी ट्रान्सफरबाट आएको रेमिट्यान्स सिधैं ईसेवा वालेट वा एजेन्ट नेटवर्कबाट झिक्न मिल्ने

ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी अब ईसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत लिन सकिने भएको छ। 

ईसेवा मनि ट्रान्सफरले २०० भन्दा बढी देशहरुबाट नेपालमा डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ। दुवै कम्पनी एफवान सफ्ट इन्टरनेशनलका भगिनी संस्था हुन्। 

ईसेवा मनी ट्रान्सफरबाट आएको रेमिट्यान्स, ईसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै अब देशभर एक लाख ३० हजार भन्दा बढी ईसेवा वालेटका जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइने कम्पनीले जनाएको छ। 

त्यस्तै, ईसेवाका एजेन्ट नेटवर्कबाट ईसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिने कम्पनीले जनाएको छ। 

ईसेवाका ५० लाख बढी प्रयोगकर्ताले ईसेवा वालेटबाट ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सक्छन्। विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाउन सकिने कम्पनीले जनाएको छ।

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका