जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा विशेष छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवाहरुमा विशेष छुट पाउने भएका छन्। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि ल्यान्डमार्क होटेलसँगै यस्तो छुट सम्झौता गरेको हो।

यो सम्झौतासँगै कु्मारी बैंकका ग्राहकले ल्यान्डमार्क होटेलका काठमाडौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुट पाउने छन्। यस सम्झौताअनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्यान्डमार्क होटेलबाट विभिन्न सेवाहरु जस्तै– लजिङ र फुडिङ शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

3285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका