

माछापुछ्रे बैंक लि. ले बारामा तीनवटा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सिमरामा एक सय २९, कलैयामा एक सय ३० र निजगढमा एक सय ३१ औँ शाखा विस्तार गरेको हो। बैंकको सिमरा शाखाको मंगलबार एक कार्यक्रमका बीच जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरे। त्यस्तै, कलैयामा उपमहानगरपालिकाका मेयर राजेश यादव र निजगढमा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले रिवन काटेर बैंकको शाखा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माछापुछ्रे बैंक प्रदेश २ प्रमुख लिलाराज थापाले आठ करोड रुपयाँको कुल पुँजीबाट क्षेत्रीय अवधाराणासहित सुरु भएको बैंकले हाल आठ सय करोड रुपैयाँको पुँजीसहित देशका विभिन्न स्थानमा शाखा स्थापना गरिरहेको बताए। औद्योगीक क्षेत्रसहित विभिन्न पक्षहरूबाट सम्भावनाले भरिपूर्ण यस क्षेत्रका जनतासँग सहकार्य गर्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा दुवै पक्षहरूबाट मितव्ययी सम्बन्ध स्थापना गरेर अघि बढ्ने प्रतिबद्धतासमेत ब्यक्त गरे।
बैंकका अध्यक्ष वीरेन्द्र महतोको अध्यक्षता एवं जीतपुरसिमराका प्रमुख डा. पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैंकको सिमरा शाखाकी प्रमुख शिलाकुमारी थापालगायत स्थानीय व्यवसायी, राजनीतिक दलका व्यक्तित्वसँगै स्थानीय वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैंकको ८ अर्ब पुँजी रहेको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र एक सय ५२ शाखा विस्तार गर्ने लक्ष्य रहेको बताए। बैंकको एक सय ५६ एटिम बुथ र एक सय २१ शाखारहित बैकिङ सेवा सञ्चालन भइरहेको र प्रदेश २ मा २५ शाखा सञ्चालनमा रहेको जानकारी दिइएको छ।
सम्बन्धित समाचार
