जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अशोक लेल्याण्डको मेगा सर्भिस क्याम्प शुरु, विभिन्न छुट पाइने

अशोक लेल्याण्डको मेगा सर्भिस क्याम्प शुरु, विभिन्न छुट पाइने

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रबर्द्धित अशोक लेल्याण्डले मेगा सर्भिस क्याम्प सञ्चालन शुरु भएको छ । मुलुकभर रहेका १५ सर्भिस सेन्टरमा लागू हुने गरी क्याम्प शुरु गरेको हो ।

आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठको उपस्थितीमा काठमाडौंमा क्यापको उद्घाटन गरिएको छ ।

योजना अन्तर्गत ग्राहकले मोटर पार्टसमा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म र लेबर चार्जमा ३० प्रतिशतसम्म छुटका साथसाथै ४५ प्वाइन्ट निःशुल्क चेकअप उपलब्ध हुनेछ ।

सर्भिस क्याम्पका अवधिमा ग्राहकले विभिन्न आकर्षक उपहारका साथैै निःशुल्क वासिङ, टिसर्ट, एक लिटरसम्म इञ्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

सर्भिस क्याम्पको अफरहरु आशेक लेल्याण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेहिकलका कुनै पनि मोडलका गाडीमा लागू हुनेछ ।

ग्राहकले अशोक लेल्याण्डका मुलुकभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर यो अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले उक्त अवधिमा छुट कुपन समेत प्राप्त गर्न सक्नेछन् ।

‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौंࡆ’ भन्ने नाराका साथ शुरु भएको योजना चैत ६ गतेदेखि ११ गतेसम्म मात्र लागू हुने कम्पनीको भनाइ छ ।

5080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका