जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ऋण असुली न्यायाधीकरणमा आठ महिनामा १३६ वटा मुद्दा दर्ता

ऋण असुली न्यायाधीकरणमा आठ महिनामा १३६ वटा मुद्दा दर्ता

ऋण असुली न्यायाधीकरणमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३६ वटा मुद्दा दर्ता भएका छन् । ऋण असुली न्यायाधीकरणको तथ्याङ अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको मुद्दा दर्ता भएको हो ।

बैंक तथा वित्तीय संस्थाका क्रमश : साउन महिनामा २५, भदौ महिनामा ३६, असोजमा १३, कात्तिकमा १२ र मंसिरमा ११, पुसमा २३ र माघमा १६ वटा मुद्दा दर्ता भएको न्यायाधिकरणले जनाएको छ ।

न्यायाधिकरणको तथ्याङ अनुसार गत आर्थिक वर्षमा ४२९ वटा मुद्दा दर्ता भएका थिए । जसमा क वर्ग वाणिज्य बैंकहरुबाट ३७१, ख वर्गका विकास बैंकहरुबाट २३, र ग वर्गका फाइनान्स कम्पनीहरुबाट ३५ वटा मुद्दा दर्ता भएका छन् ।  

वि.स २०६० देखि २०७८ माघ मसान्तसम्ममा ३१ अर्ब १७ करोड ३१ लाख ५९ हजार २३२ रुपैयाँ बराबरको ऋण असुली भएको ऋण असुली न्यायाधीकरणले जनाएको छ । आठ महिनामा दर्ता भएका १३६ वटा मुद्दाहरुमध्ये १ अर्ब ८८ करोड ६८ लाख ९२ हजार ३३३ रुपैयाँ ऋण असुली भएका छन् । 

गत आर्थिक वर्षदेखि २०७८ माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुबाट ३१९ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता गर्ने बैकहरुमा एनआइसी एशिया ४२, एनएमबि बैंक १७, एभरेष्ट बैंक ३, ग्लोबल आइएमइ बैंक ४१, जनता बैंक १ (ग्लोबल आइएमइ बैंकसँग मर्ज भएको), नबिल बैंक ७, नेपाल एसबीआइ बैंक २, प्राइम बैंक १, एनसीसी बैक १२, बंगलादेश बैंक ७, प्रभू बैंक २९, लक्ष्मी बैंक ४८, माछापुच्छ्रे बैंक १९, मेगा बैंक २५, राष्ट्रिय वाणिज्य बैंक ४, सिटिजन्स इन्टरनेशनल बैंक ७, सिद्धार्थ बैंक १, बैंक अफ काठमाण्डू ६, सनराइज बैंक १२, सानिमा बैंक २, सिभिल बैंक २४, सेन्चुरी कर्मशीयल बैंक ४ र हिमालयन बैंक ५ रहेका छन् ।

यसैगरी सोही आर्थिक वर्षदेखि माघ मसान्तसम्म ३३ वटा फाइनान्स कम्पनीको मुद्दा दर्ता भएका छन् । जसमा आइसीएफसी फाइनान्स १, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स १, गोर्खाज फाइनान्सको ६, जनरल फाइनान्स ५, प्रोग्रेशिभ फाइनान्स ३, बेष्ट फाइनान्स २, मञ्जुश्री फाइनान्स २, रिलायन्स फाइनान्स २, युनाइटेड फाइनान्स २ र सम्झना फाइनान्स कम्पनीको ९ वटा मुद्दा दर्ता भएको छन् ।

त्यस्तै विकास बैकहरुबाट ३३ वटा मुद्दा दर्ता भएका छन् । जसमा कामना सेवा विकास बैंक ३, कैलाश विकास बैंक(प्राइम कमर्शियल बैंकसँग मर्ज) १, देव विकास बैंक (कुमारी बैंकसँग मर्ज) को १, महालक्ष्मी विकास बैंक १५, लुम्बिनी विकास बैंक १२ र मुक्तिनाथ विकास बैंकको १ वटा मुद्दा दर्ता भएको न्यायाधिकरणको तथ्याङमा उल्लेख छ ।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका