जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महेन्द्र बहुमुखी क्याम्पसा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्र बहुमुखी क्याम्पसा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

धरान उप.म.न.पा १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टनेपाल बैंक लि. संचालक समिति सदस्य डा. सावित्रि रंजितश्रेष्ठ र महेन्द्र बहुमुखीकाक्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमाविधिवत उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा संचालक समिति सदस्य डा. श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवादिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवा भावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवाप्रवाहका साथ समयसगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष गरेका थिए ।

यसैगरि क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायतबैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे  ।

सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धकलगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

6065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?