जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सलाई चेतावनीः कर्मचारीलाई काममा बोलाउन मौखिक निर्देशन

सिद्धार्थ इन्स्योरेन्सलाई चेतावनीः कर्मचारीलाई काममा बोलाउन मौखिक निर्देशन

विश्व व्यापीरुपमा फैलिएको अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट विश्वमा लाखौ लाखले ज्यान गुमाएका छन्, भने नेपालमा १३ जनाले जन गुमाएका छन् । ३५00 जना बढि अस्पतालको सैयामा रोगसंग लडिरहेका छन् ।

नेपाल ७५ दिनदेखि पूर्णरुपमा लकडाउनमा छ । यस्तो विषम र विपतको बेला नेपालका माडवाडी समुदायका अर्बपतिहरु रतनलाल केडिया अध्यक्ष पवन कुमार अग्रवाल, राहुल अग्रवाल लगायतले नेतृत्व गरेको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ दर्जन भन्दा बढि अस्थायी करारका कर्मचारी निश्कासन गरेको समाचार आर्थिक बजार न्यूजडटकमले प्रकशन गरेसंगै बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितीले ७ दिन भित्र के कति कर्मचारी निस्काशन गरिएको हो । तत्कालै ति कर्मचारीलाई काममा बोलाउन मौखिक निर्देश्न नै दिएको बीमा समिती उच्च स्रोतले आर्थिक बजार न्यूज डटकमसंग बतायो ।

सुन्दा पनि डरलाग्ने देख्दा घिन लाग्ने काम सिद्धार्थ इन्स्योरेन्सका सीइओ बिरेन्द्र बैद्यबर क्षेत्रीले गरेको विवादास्पद काम गरेको बीमा समितिको ठम्याई छ । जसले रातारात कम्पनीका बीमालेख बिक्री गरे तीनै कर्मचारीहरुर्ला रातारात संचालक माडवाडीहरुको दवावमा सीइओ क्षेत्रीले हटाउनु कति उचित होला ? बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईज्यू ? यसको उत्तर अब तपाईले नेपाली जनतालाई दिने कि अर्थमन्त्री डा. खतिवडाले दिने हो ?

केही दिन अगाडी संचालक समितिको निर्देशनमा सीइओ क्षेत्रीले विना कारण कुनै स्पष्टिकरण समेत नसोधी लकडाउनमा घर पुगेका ६ जना अस्थायी र १६ जना करारमा काम गरेका कर्मचारीलाई इमेल मार्फत पत्र पठाउँदै निस्काशन गरेको एक कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग टेलिफोनमा बताए ।बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले खर्च घटाउन निर्देशन दिए लगत्तै भटाभट कर्मचारी हटाउने पहिलो बीमा कम्पनी हो सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड भन्दा अब फरक पर्दैन ।

यस्तो विपत र विषमको अप्ठ्यारो अवस्थामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लगायत दर्जनौ कम्पनीहरुले कर्मचारी हटाईएको छ नि भनी गरेको प्रश्नमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले भनेः– हामीले खर्च घटाउनु होला चाहि भनेकै हो तर, कर्मचारीलाई यस्तो विपतका बेला हटाउनु भनेको छैन किन हटाइए छानवीन गर्दछौ नि ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी त एउटा पात्र मात्रै हो । दर्जनौ बीमा कम्पनीले सयौ करारमा भर्ना लिएका कर्मचारी भटाभट हटाउन थाले पछि अब बीमा समितिले तत्कालै यस्तो कार्य बन्द गर्न निर्देशन नै जारी गर्नु पर्ने आवाज उठेसंगै बीमा समितिले मौखिक निर्देशन नै जारी गरेको खुलेको छ ।

पीडा सबैमा छ । तर, गरिबीकै कारण करारमा काम गरेका सयौ कर्मचारीको चुलो बन्द गरिने काम यस्तो बेला ागर्ने सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीइओ क्षेत्रीलाई कसले कारवाही गर्ने ? यिनै कर्मचारीले गरेका बीमा लेखबाट ६÷७ लाख तलब र हजारौ हजार बोनस खाने सीइओ क्षेत्रीले रातारात कर्मचारी हटाएर के सन्देश दिन खोजेका हुन् । यसको खोजी हामीले शुरु गरेका छौं ।

10225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका