जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • नेपाल फाइनान्सः सेयरका खेलाडीहरुको रोजाइ, ‘लो क्याप’हुँदा पनि १००% बढीको छलाङ

नेपाल फाइनान्सः सेयरका खेलाडीहरुको रोजाइ, ‘लो क्याप’हुँदा पनि १००% बढीको छलाङ

नेप्सेमा सूचीकृत संस्थामध्ये निकै सक्रियात्मक प्रस्तुति दिने स्टक नेपाल फाइनान्स पनि हो। वित्त वर्गको यो संस्थालाई प्रतिफल र आधारभूत पक्षभन्दा पनि बजारको प्रदर्शनी कै हिसाबले लगानीकर्ता किन्ने गर्छन्। 

न्यून चुक्ता पुँजी हुँदा बजारमा फ्लोट भएको सेयर संख्या पनि कम भएकै कारण नेपाल फाइनान्स खेलाडीहरुको रोजाइमा परिरहने स्टक हो। लो क्याप(कम बजार पुँजीकरण) हुँदा यो ‘भोलाटाइल स्टक’ मध्ये गनिन्छ। बजारको औसत प्रदर्शनीभन्दा धेरै उतारचढाव यसमा देखिन्छ।

सानो पुँजीकरण भएका कम्पनी परिसूचक तुलनात्मक रूपमा अत्यधिक ‘उतारचढावपूर्ण’ हुन्छन्। नेपाल फाइनान्सको बेटा भ्यालु पनि १ भन्दा माथि नै छ। यो स्टकलाई पोर्टफोलियोमा समावेश गर्दा यो स्टक बिनाको समान पोर्टफोलियोको जोखिम तुलनात्मक रूपले कम हुने गर्छ।  

नेपाल फाइनान्सको सेयरमा यो साता बिक्रेताको तीव्र चाप देखियो। एक साताको अन्तरालमा सेयर मूल्य करिब ८ प्रतिशत घटेको छ। यो साताको अन्तिम कारोबार दिन कारोबार बन्द हुँदा कम्पनीको मूल्य ४.६७ प्रतिशत घट्यो। तर, एक वर्षको इतिहास हेर्ने हो भने फाइनान्सको मूल्य १०५ प्रतिशत अधिक बढेको पाइन्छ। 

प्रतिफल वितरण नै नगरेका कारण पनि फाइनान्समा मूल्य समायोजनको दबाबबाट टाढै बसेको पाइन्छ। वित्त क्षेत्रको पहिलो संस्था भए तापनि व्यवस्थापनमा पछि पर्दा नेपाल फाइनान्सको व्यवसायमा नकारात्मक असर पर्ने गरेको छ। 

पहिलो फाइनान्स भए पनि नेपाल फाइनान्सले कुनै समय २ भन्दा बढी शाखा खोल्न सकेको थिएन। वित्तीय व्यवस्थापनको अवस्था झन् भन्दा झन् खस्किँदै जाँदा २०७१ सालमा नेपाल राष्ट्र बैंकले यो संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि सबै कर्जा निष्क्रिय हुन पुगे। पुँजी पर्याप्तता अनुपात पनि ऋणात्मक हुन पुगेको थियो।

पछि नयाँ संस्थापकहरूले संस्थामा पुँजी थपे। जसले गर्दा पुँजी पर्याप्तता अनुपात पुग्यो। नयाँ संस्थापकहरूले पेस गरेको योजनाका आधारमा नेपाल राष्ट्र बैंकले २०७६ मंसिरमा समस्याग्रस्त अवस्थाको फुकुवा गरिदिएको हो। 

6280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर