

दक्षिण कोरिया, भारतबाट रेमिट्यान्स भित्र्याउन विशेष सहयोगका लागि प्रभु बैंकलाई छनौट गर्नु भएकोमा युके एड र सक्षमलाई धन्यबाद दिन चाहन्छु । यहाँहरुले विश्वास गरेर सक्षम ठानी भारत र दक्षिण कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन प्रभु बैंकसँग सहकार्य गर्नुभएको छ ।
म एउटा स्मरण गराउन चाहन्छु । प्रभु मनि ट्रान्सफरले २००४ सालमा दक्षिण कोरियामा गएर रेमिट्यान्स भित्र्याउने पहिलो कदम चालेको थियो । राष्ट्र बैंकबाट कोरियामा भएका वाणिज्य बैंकहरुको सहकार्यमा कोरियाको बैंकबाट प्रभु मनि ट्रान्सफरमा रकम पठाउन मिल्ने व्यवस्था हामीले गरेका थियौं ।
जुन बेलामा हामी दक्षिण कोरियामा रेमिट्यान्सको कारोबार गर्न गयौँ, त्यहाँका कारोबारीहरुले नेपालको विनियमदर भन्दा २ रुपैयाँ कममा रकम उठाएर आफ्नो व्यवसाय संचालन गरेका थिए । हामीले नेपालको बैंकिङ माफर्त कारोबार शुरु गर्यौ । त्यो समय नेपालमा पाउने रेट भन्दा करिब १ रुपैयाँदेखि माथि उठाउने ती व्यवसायीहरु रिसाउन थालेपछि हामी हाम्रो कारोबार बन्दगरि नेपालमा फिर्ता आएका थियौं ।
नेपाल र भारतको प्रगाढ सम्बन्ध पार्सलकोरुपमा पहिला भरतिय रुपैयाँ र घरमा पुर्याउने चलन थियो । घरायसीरुपमा अथवा वैदेशिक रोजगारमा जाने व्यक्तिले पार्सल पुर्याउन जाने चलन थियो । भारतको कुनै ठाँउमा काम गर्ने नेपाली युवाहरुले पालो गरेर दशै तिहारमा र आउँने साथीहरुलाई पर्सलको रुपमा भारतीय रुपैयाँ नेपालमा रहेका परिवारलाई पठाउने गर्दथे । भारतबाट जो नेपाल आउँछ उसैको हातमा भारतिय रुपैयाँ नेपाल पठाउने प्रचलन थियो । यसो गर्दा कतिपय नेपालीहरु भारतिय बस, रेलमा लुटिने सम्भावना धेरै थियो ।
त्यसपछि भारतिय सीमानामा भारतिय शुरक्षाकर्मीहरुबाट पनि रकमको विवरण दिन लगाइने र केही रकम उनीहरुबाटै दायावाया हुने अवस्था थियो । नेपालको पनि भन्सारमा विभिन्न असुविधाहरु थियो । त्यस पश्चात सम्बन्धित ठाँउमा पुर्र्याउन विभिन्न समस्याहरु र असुरक्षाका साथै पैसा ल्याउँदा हुने खर्च जसले पैसा ल्याएर आएको हुन्छ उसैको नाममा पर्ने हुन्थ्यो । व्यक्तिले पठाएको पैसालाई सम्बन्धित ठाँउ वा व्यक्तिसम्म यसरी पठाउनु वाध्यतालाई हामी अन्त्य गर्याै ।
सन् २००६ सालतिर नेपालका अर्थमन्त्री भारत गएको समयमा नेपालमा कसरी रेमिट्यान्स भित्र्याउन सकिन्छ भनेर छलफल गर्नु भयो । नेपालको संसद चलिरहेको बेलामा भएको अर्थमन्त्रीको त्यो भारत भ्रमणले भारतिय रुपैयाँ नेपालमा वैधानिक तवरबाट नै भित्र्याउन मिल्ने भयो भनेर घोषणा भयो ।
सरकारी तवरबाट घोषणा भएतापनि कानुनी प्रक्रियाहरु धेरै लामो थियो । त्यसपछि रिर्जब बैंक अफ इण्डिया र नेपाल राष्ट्र बैंकबीच विभिन्न चरणमा छलफलहरु शुरु भएको थियो । धेरै छलफल पश्चात भारतिय रिर्जव बैंकले भारतका विभिन्न वाणिज्य बैंकबाट रकम उठाएर नेपालको राष्ट्र बैंकमा दिने र त्यो रकम राष्ट्र बैंकले नेपालको विभिन्न वाणिज्य बैंकहरु मार्फत भुक्तानी दिनु पर्ने व्यवस्था गर्नु पर्ने शर्त राखेको थियो । त्यस समय नेपालमा त्यो अभ्यास अलि सम्भव नहोला जस्तो थियो । तर त्यसको शुरुवात पनि प्रभु मनि ट्रान्सफरले २००७ सालमा गरेको थियो । भारतबाट रकम पठाई भारतीय रेमिट्यान्सको शुरुवात हामीले नै गरेका हौँ ।
त्यस्तै नेपालमा हामीले रेमिट्यान्स डेविट कार्डको पनि शुरुवात गरेका हौँ । भारतबाट मात्रै नेपालमा प्रभु मनि ट्रान्सफरमार्फत् मासिक ९० करोड रुपैयाँ भित्र्याउँदै आएका छौं । हाल प्रभु बैंक लगायत अन्य बैंकहरुले पनि यो कार्यको शुरुवात गरिसकेको छन् ।
सक्षमले अनुसन्धान गरेर नै प्रभु बैंकलाई दक्षिण कोरिया र भारतबाट रेमिट्यान्स भित्र्याउन सहयोग गरिरहेको छ । प्रभु बैंकले दक्षिण कोरियामा करिब १ महिनाअघि नै ४ जना कर्मचारी पठाएर कामको शुरुवात गरिसकेको छ । त्यस्तै, भारतको नयाँ दिल्लीमा विगत केही वर्षदेखि प्रभु बैंकको शाखा खार्यालय छ । र, छिट्टै भारतमा प्रभु बैंकको प्रतिनिधि कार्यालय पनि राखिने छ । पुस सम्ममा प्रतिनिधि कार्यालय स्थापना गरिने छ ।
हामीले विदेशमा गएका नेपाली दाजुभाई दिदीबहीनीहरुलाई खर्च कसरी कम गर्ने र बचत गर्ने भनेर सिकाइरहेका छौं । सन् २००७ सालमा प्रभु फाइनान्स शुरु गरेका थियौं । र, त्यो बेला नै फाइनान्स कम्पनीमध्ये सबैभन्दा पहिला रेमिट कार्ड र इन्टरनेट बैंकिङ शुरु गरेका थियौं ।
त्यसपछि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्यायो । उक्त नीतिमा हामीले सक्रिय सहभागीता जनाइरहेका छौं । र, भविष्यमा पनि मर्जरमा सहभागीता जनाइरहने डेपुटी गभर्नरज्यूलाई प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको रकम आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन, स्वास्थ्यउपचार गर्नमा खर्च भएको छ । केही रकम सिनेमा हेर्न, नयाँ सारी लगाउन, नङ पालिस लगाउन पनि प्रयोग भएको छ । विदेशमा पसिना बगाएकाहरुले भविष्यमा आफ्ना सन्ततिले यस्तो भोग्न नपरोस् भनेर बचत गरिरहेका छन् ।
उनीहरुलाई पैसा बचत गराउने उद्देश्यले उनीहरु रहेकै ठाउँमा मनोरञ्जनका साधन पुर्याउने काम गरिरहेका छौं । अब विदेशमा बस्ने नेपालीहरुले नेपाटी टेलिभिजन बाहेक विभिन्न देशबाट प्रशारण हुने १५० च्यानलहरु महिनाको १०० रुपैयाँमै हेर्न सकिने गरी प्रभु टिभी सञ्चालन गरिरहेका छौं । प्रविधिसँगै अघि बढेर जाँदा मनोरञ्जन गर्दै अघि बढियो भने मात्रै ठूलो रकम बचत हुन्छ ।
नोरञ्जनमा समय दिन सकिएन भने त्यो समय रक्सी, बियर वा मनोरञ्जनका अन्य साधनहरुमा दिमाग डाइभर्ट हुन्छ । र, बचत हुँदैन । तर, त्यस्ता व्यक्तिहरुलाई नेपाली कन्टेन्ट दिएर मनोरञ्जन प्रदान गर्न सकियो भने मोटो रकम बचत हुनेछ । (प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले भारत र दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याउनको लागि प्रभू बैंकलाई यूके एड सक्षमले सहयोग गर्ने सम्बन्धी साइनिङ सेरोमनी कार्यक्रममा उहाँले दिएको अभिव्यक्तिमा आधारित लेख)
सम्बन्धित समाचार
