जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायबल लाइफले पायो प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बि रेटिङ

रिलायबल लाइफले पायो प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बि रेटिङ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको कम्पनीले जनाएको छ । यो रेटिङ नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा राम्रो रेटिङ हो ।

कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पनि पारित गरिसकेको छ । साधारणसभा सम्पन्न भए सँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने जानकारी दिएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्ने थियो ।

7985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?