

नेपालको अर्थतन्त्र दिन प्रतिदिन खस्किदै गएको देखिन्छ । अर्थतन्त्रको मुटु मानिएको बैंक र वित्तिय संस्था नै कमजोर बनाउने अभिव्यक्ति समाजिक सञ्जालहरुमा आउन थालेपछि बैंकरहरुले व्यवसाय बढाउन सकेको अवस्था यति बेला छैन भन्दा फरक पर्दैन । आफूलाई सामाजिक अभियन्ता बताउदै राजा ल्याउने उद्घोष गर्दै हिँडेका विवादित व्यवसायसी दुर्गा प्रसाईले असार मसान्त भित्र ११ वटा वाणिज्य बैंक डुब्ने अभिव्यक्ति दिँदै हिँडे पनि राज्य बेखबर झै बनेको देखिन्छ । भन्दा अब अन्यथा नहोला ।
व्यवसायी दुर्गा प्रसाईले वाणिज्य बैंकहरुबाटै अर्बै अर्ब कर्जा लिएर व्यवसाय गरेका छन् । उनीले बैंक र वित्तिय संस्था डुब्ने बताउँदै कर्जा तिर्नु नपर्ने भन्र्दै सर्वसाधारण जनतालाई भड्काउँदै हिँडेको देखिन्छ तर, निकम्मा राष्ट्र बैंकको नेतृत्व किन बोल्दैन । यसको खोजी शुरु भएको छ भन्दा फरक पर्दैन । यति बेला बैंक र वित्तिय संस्थाका कर्मचारी अफिस गए पनि फिल्डमा जानै डराउने थालेका छन् भन्दा फरक पर्दैन ।
राज्यलाई अर्बै अर्ब कर तिर्ने बैंक र बैंकरको सुरक्षा गर्ने दायित्व सरकारको हो कि होइन ? प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ? नेपालका बंैक र वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक नेतृत्वले सरकारसंग लविङ्ग गरि समस्या समाधान गर्नुको साटो दुर्गा प्रसाईका बारेमा बोल्ने हिम्मतसम्म गरेको छैन । कारण के हो गभर्नर साब ? हेक्का होस् ।
घटना यस्ता छन् हेरौं ।
पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास ?
केही दिन अघि मात्रै ऋण उठाउन जाँदा एक बैंकका कर्मचारीमाथि पेट्रोल छर्किएर जलाउने प्रयास भयो । एनआईसी एशिया बैंक रौतहट शाखाका कर्मचारीमाथि जलाउने प्रयास भएको थियो । गभर्नर साब हेक्का होस् । चन्द्रनिगाहपुर शाखाका प्रबन्धक लक्ष्मण गिरीले ईलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरी अनुसार बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहामाथि ऋणीले पेट्रोल खन्याएर ज्यान लिने प्रयास गरेका हुन् । बैंकको महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि यहि पुस ४ गते श्रेष्ठ र कुशवाहा कानून अनुुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारवाही अघि बढाउन गरुडा नगरपालिका–३ मलाही टोल पुगेका थिए । तर, कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दूव्र्यवहार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । भन्दा फरक पर्दैन । तर, कर्मचारी नै पक्राउ परे भन्ने हल्ला पत्रुकारहरुले लेखे ।

अझ यतिसम्म कि बैंकका कर्मचारीमाथि पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास गरेको पनि जाहेरीमा उल्लेख छ । ‘ऋणी नारायण सहनी, ऋणीको श्रीमती चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनीले बैंकका कर्मचारीहरुलाई गालिगलौज गरी, हातपात गरी पेट्रोल खनाई लाइटर लिएर ज्यान मार्ने गरी आक्रमण गरेको, बैंकका कर्मचारीहरु विकास श्रेष्ठ र जयदीप कुशवाहा सो स्थानबाट भागेर ज्यान जोगाइ प्रहरी कार्यालय गरुडामा पुगेकोमा निज नारायण सहनी, चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनी उपर प्रचलित कानून बमोजिम कारवाही गरि पाउँ भनी निवेदन पेश गरिएको छ’, जाहेरीमा उल्लेख छ । गभर्नर साब यो प्रमाण हो कि कसो ?
बैंक विरुद्ध लहानमा प्रदर्शन !
कृषि विकास बैंक लहान शाखाले करोडौंको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गएको घण्टौंसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग समेत अवरूद्ध पारे । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुंगामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले पंक्तिकारसंग दाबी गरे । प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो । गभर्नर साब ।
स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते ३० लाख रुपैयाँ ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले दाबी गरे । यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालाबन्दी खुलेको थियो । सो वार्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानूनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको थियो ।
कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले पंक्तिकारसंग बताए । उनले ऋणीलाई कानूनी प्रक्रियाबाट समस्या समाधान खोज्ने दाबी गरे ।
भनिन्छ यहाँ बैंकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्यांकन ८० लाख गरेर ३० लाख रुपैयाँ ऋण स्वीकृत गरेको देखिन्छ, तर चार वर्षपछि जग्गाको भाउ बढ्नुको सट्टा घटाएर ६५ लाख रुपैयाँ मूल्यांकन गरी ३५ लाखमा लिलामी गरिनुले बैंकको कुनै न कुनै खोट देखिन्छ । भन्दा फरक पर्दैन । कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले पंक्तिकारसंग बताए । उनले ऋणीलाई कानूनी प्रक्रियाबाट समस्या समाधान खोज्ने दाबी गरे । उनले थपे,‘हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानूनसम्मत रूपमा आउनुभयो भने राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौं । नि भूपेन्द्रजी ।

सिद्धार्थ बैंक जनकपुरमा लफडा !
सिद्धार्थ बैंक जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीसँग प्रहरीले सोधपुछ गरेको छ । जनकपुर उपमहानगरपालिका– ८ बस्ने ऋृणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले गत बिहीबार उनीसँग सोधपुछ गरेको हो । भन्दा फरक पर्दैन । ऋणी कुर्मीले केही वर्षअघि ऋृण लिँदा धितोबापत राखेको जनकपुर– ८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारीबिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले सोधपुछ गरेको हो । यता बैंकले विज्ञप्ति जारी गर्दै बैंकले ऋणीहरूसँगको कर्जा असुली प्रक्रिया प्रचलित कानूनी पद्धति र बैंकिङ अभ्यास अनुसार नै सम्पन्न गरेको बताएको हो ।

बैंककाअनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका ऋणीहरूले लामो समयसम्म भुक्तानी नगरेपछि मौखिक र लिखित पत्राचार गर्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । ऋण चुक्ता नगरेपछि कानूनी प्रक्रिया अनुसार धितो लिलामी गरी स्वीकृत बोलपत्रदाताको नाममा नामसारी गरिएको हो । यस प्रक्रियामा असहमति जनाउँदै केही व्यक्तिहरूले जनकपुर शाखा कार्यालयमा धर्ना र नाराबाजी गरे, जसले बैंकको सेवा अवरुद्ध भएको थियो । सुरक्षाका लागि बैंकले स्थानीय निकायसँग समन्वय गर्दै शाखा प्रबन्धक र अन्य कर्मचारीलाई छलफलका लागि प्रहरी कार्यालयमा पठाएको थियो । भन्दा फरक पर्दैन ।
त्रासै त्रासमा कर्मचारी
बढ्दो खराब कर्जाका कारण बैंकवित्तका कर्मचारीहरु अहिले तनाबमा छन् । अर्कोतर्फ खराब कर्जा उठानका लागि ताकेतामा जाँदा बैंकका कर्मचारीमाथि हातपात नै हुने गरेका घटनाहरु सार्वजनिक हुन थालेका छन् । यता बैंकरले कर्जा समयमा उठाउन नसक्दा उसको कार्यक्षमता माथि नै प्रश्न समेत उठ्न थालेको देखिन्छ ।

ऋणीले तिर्न छाडे साँवा र ब्याज !
बैंक तथा वित्तीय संस्थामा ऋणीले लगेका ऋणको साँवा र ब्याज असुल हुने क्रम उच्च दरमा घटेको छ । पछिल्लो समय क्षमता हुने व्यक्तिले पनि साँवा र ब्याज तिर्न छाडेका छन् । गत मंसिर मसान्तसम्म साँवा ब्याज तिर्नेको संख्या अपेक्षा गरेभन्दा पनि घटेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड कार्यान्वयनमा आउनुको साथै कर चुक्ता प्रमाणपत्रका आधारमा मात्रै व्यक्तिगत प्रकृतिको कर्जा दिने क्रम सुरु भएपछि कर्जाको माग घटेको पक्कै हो भन्दा फरक पर्दैन । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको साँवा र ब्याज तिर्नु नपर्ने गरी विवादित बयान दिएपछि क्षमता भएका व्यक्तिहरुले समेत बैंकको साँवा र ब्याज नतिरेको देखिन्छ । तर राष्ट्र बैंक बोल्दैन । साँवा र ब्याज उठ्ने क्रम सुस्त हुँदा बैंकको निष्क्रिय कर्जा निरन्तर बढीरहेको प्रमाण हालै बाहिर आएको बैंकको वित्तिय विवरण हो भन्दा फरक पर्दैन ।
चुनौतीपूर्ण बन्दै कर्जा असुलीः अध्यक्ष कोइराला
बैंकहरुमा देखिएको अधिक तरलता वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौती बनेको नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ऋण असुलीमा पनि बैंकहरुलाई ठूलो चुनौतीको विषय अहिले बन्दै गएको उनीले दाबी गरे । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ ।

तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ । गभर्नर साब । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठूलो चुनौती हो । यसले खराब कर्जा वृद्धि हुँदा ऋण असुलीमा समस्या छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको देखिन्छ । राज्यलाई अर्बौ कर तिर्ने बैंक र बैंकरको सुरक्षा राज्यले दिनु उसको दायित्व हो हेक्का होस् । सचेत भया ।