जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्राइम कमर्शियल बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, १० प्रतिशत ब्याज

प्राइम कमर्शियल बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, १० प्रतिशत ब्याज

प्राइम कमर्शियल बैंकले आज चैत्र १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १५ लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने छ भने १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १० लाख कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ  । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा चैत्र २१ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।  

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?