जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

अर्थ वाणिज्य

लक्ष्मी बैंक विश्लेषण

लक्ष्मी बैंक विश्लेषण

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. १ अबृ २८ करोड ८० लाख ८४ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १८ दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्षसम्म रु. ४१ करोड १ लाख ९ हजार ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा यस वर्ष रु. ८४ करोड ७६ लाख ३९ हजार रहेको छ ।

गत वर्षको तुलनामा ८ दशमलव ३८ प्रतिशतभन्दा बढी रु. १ खर्ब ६ अर्ब ६१ करोड ७९ लाख १६ हजार निक्षेप संकलन गरेको बैंकले १६ दशमलव २८ प्रतिशत बढी रु. १ खर्ब २ अर्ब ८५ करोड ५४ लाख ४३ हजार कर्जा प्रवाह गरेको छ ।

यस वर्ष ९ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पुँजी रु. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३३ दशमलव ६७ प्रतिशतभन्दा बढी रु. ५ अर्ब ५६ करोड ४२ लाख १० हजार कायम भएको छ । गत वर्ष १ दशमलव ७८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ७१ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रु. १६ दशमलव शून्य ६ रहेको छ । बिहीवार बैंकको अन्तिम शेयर मूल्य रु. ३६२ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ बनेको छ । यस्तो मैनबत्तीले बजारमा आगामी दिन कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७४ दशमलव ४४ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ५१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रु. ३६२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३३३ मा टेवा पाउने देखिन्छ । कम्पनीको ५९ कारोबार दिनको मूल्य हेर्दा यो दिनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

6620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका