जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेयर बजारका खेलाडी लघुवित्तमा छिर्दा सिस्टम बिग्रियो

सेयर बजारका खेलाडी लघुवित्तमा छिर्दा सिस्टम बिग्रियो

नाफा कमाउने होडबाजीले लघुवित्त कम्पनीले विकृति फैलाइरहेको बुझाइमा नेपाल राष्ट्र बैंक पुगेको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सेयर बजारका खेलाडीहरु लघुवित्तमा छिर्दा लघुवित्तको सिस्टम नै बिग्रिएको बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको एक कार्यक्रममा नेपालले उक्त धारणा व्यक्त गरेका हुन्।

‘केही प्रतिशत लघुवित्त कम्पनीहरुले राष्ट्र बैंकको निर्देशन बाहिर गएर काम गरेका छन्। केही सेयरका खेलाडी यसमा पसेर सिस्टम बिगारेका छन्। यसमा राष्ट्र बैंक सहमत छ,’ उनले भने।

यसका साथै केही लघुवित्त कम्पनीहरुले छोटो समयमा अधिक नाफा कमाउने होडबाजीमा लाग्दा लघुवित्तका कर्मचारीहरुलाई टार्गेट नै दिएर घरघरमा गएर सजिलै पैसा बाड्ने काम गर्ने गरेको उनको बुझाइ छ।

केही ऋणीहरुले लघुवित्तहरुले ज्यादती गरेको भन्दै ऋण मिनाह गर्न आग्रह गर्दै आएका छन्। तर, उनले मर्का परेका ऋणीहरुलाई वर्गीकरण गरेर सहयोग गरेपनि ऋण मिनाह नगर्ने बताएका छन्।

‘तपाईंहरुले लिएको ऋण तपाईंहरु जस्तै दाजुभाइ दिदीबहिनीले खाइनखाइ बैंकमा जम्मा गरेका हुन्। त्यही पैसा लघुवित्तहरुले सापटी लिएर दिएका हुन्,’ निर्देशक नेपालले भने, ‘आफूले लिएको ऋण मिनाह हुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाईंहरु गल्तीमा हुनुहुन्छ, भ्रममा हुनुहुन्छ। त्यस्तो नसोच्नुहोला। आफ्ट्यारोमा परेका ऋणीहरुलाई हामी वर्गीकरण गरेर सहयोग गर्छौं। तर ऋण नै मिनाह भने हुँदैन।’

मर्कामा परेका ऋणीहरुको अध्ययन गरेर एक महिना भित्र सम्बन्धित संस्थाले खाका पेस गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको बताए।

कार्यक्रममा पिडित ऋणीहरुले आफूलाई लघुवित्तले बिहानदेखि रातीसम्म असुली उपरका लागि तुच्छ व्यवहार गर्ने गरेका बताएका छन्।

1375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका