जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको सञ्चालकको नियुक्ति प्रक्रिया अघि बढ्यो, आचार्य र ढुंगानाको नाम आयोगमा

राष्ट्र बैंकको सञ्चालकको नियुक्ति प्रक्रिया अघि बढ्यो, आचार्य र ढुंगानाको नाम आयोगमा

नेपाल राष्ट्र बैंकको सञ्चालकको नियुक्ति प्रक्रिया अगाडि बढेको छ । सरकारले डा.शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो ।

आचार्य राष्ट्र बैंकबाट अवकाशप्राप्त पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ भने ढुंगाना बैंक तथा वित्तीय संस्थाको सञ्चालक भइसकेका व्यक्ति हुनुहुन्छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लगाएको छ ।

कुनै व्यक्तिको नियुक्ति गर्नै परेका सरकारले निर्वाचन आयोगबाट स्वीकृति लिनु पर्ने हुन्छ । सोही कारण सरकारले स्वीकृतिका लागि आयोगमा पत्र पठाएको हो । आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नेछ । राष्ट्र बैंक सञ्चालकबाट गत शुक्रबार श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएको थियो ।

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका