जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • एनसीसी बैंकका चार संस्थापकको ६२ हजार कित्ता सेयर बिक्रीमा

एनसीसी बैंकका चार संस्थापकको ६२ हजार कित्ता सेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले संस्थापक समूहको सेयर बिक्री खुलाएको छ। बैंकले चार जना संस्थापक सेयरधनीको नाममा रहेको ६२ हजार ८२  कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

संस्थापक सेयरधनी उषा अधिकारीको ४६ हजार ६ सय ५९, शिवराज जैसी अधिकारीको ५ हजार २ सय ५८, शिवभक्त चित्रकारको ५ हजार ८२ र यज्ञकुमार मास्केको नाममा रहेको ५ हजार ८३ कित्ता संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ।

उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले बैंकले प्रक्रिया अघि बढाएको छ। उक्त सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीलाई दर्खास्त दिन आह्वान गरेको छ।

संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन फाराम काठमाडौंको बागबजारस्थित सेयर विभागबाट प्राप्त गर्न सकिने जनाइएको छ।

३५ दिनभित्र पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे बैंकले उक्त सेयर अन्य जो कोही खरिदकर्तालाई बिक्री गर्ने जनाएको छ।

5095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका