जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकको चर्को ब्याजदरविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित

बैंकको चर्को ब्याजदरविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित

बैंकहरुको चर्को ब्याजदरविरूद्ध होलसेल तथा खुद्रा व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघको शुक्रबार बसेको बैठकले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।

महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेको आरोप समेत लगाएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाविरुद्ध सोमबारदेखि आन्दोलन गरिने बताए । बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएको पनि उनले बताए ।

सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरू प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अवहेलना गरेको पनि बताए । ‘राज्य र बैंकहरुले व्यवसायीहरू माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरियो’ अध्यक्ष कार्कीले भने ।

1830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका