जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले भने घटाए

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले भने घटाए

फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ भने विकास बैंकहरुले भने घटाएका छन् । माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने भएका हुन्। मंसिर महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झरेका थिए।

वाणिज्य बैंकहरुले स्थिर राखेपनि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन्। विकास बैंकहरुले गत शुक्रबारको बैठक अनुसार निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु घटाएका हुन्।

माघ महिनासम्म व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अब अधिकतममा ११.७५ प्रतिशत ब्याज दिने भएका छन्। त्यसैगरी, अधिकांश फाइनान्सहरुले अधिकतममा १२.२० प्रतिशत ब्याज दिने भएका छन् भने केहीले १२.५० प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् ।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका