जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वर्ल्डलिंकले ल्याएको ‘स्मार्ट कोम्बो डिल’ अफरमा के-के छन् सुविधाहरु ?

वर्ल्डलिंकले ल्याएको ‘स्मार्ट कोम्बो डिल’ अफरमा के-के छन् सुविधाहरु ?

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले “ स्मार्ट कम्बो डिल “ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ ।

कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिने कम्पनीले जनाएको छ ।

उक्त अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत नि:शुल्क पाउनेछन ।

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका