जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल र ललितपुर फाइनान्सको संयुक्त कारोबार असार २७ गते हुने

नेपाल र ललितपुर फाइनान्सको संयुक्त कारोबार असार २७ गते हुने

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार असार २७ गतेदेखि हुने भएको छ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेसँगै दुवै कम्पनीबीच असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको हो ।

दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्ने स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति तय गरेको हो । एकिकृत कारोबार सञ्चालन गर्न दुबै फाइनान्सको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेशन गर्नुपर्ने भएकोले असार २५ गतेदेखि २६ गतेसम्म यी फाइनान्सहरुको सम्पूर्ण सेवाहरु बन्द रहने बताइएको छ।

ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । प्राप्ति प्रक्रियामा रहेकाले ललितपुरको सेयर कारोबार रोक्का नै रहेको छ । दुवै संस्थाले गत पुस २३ गते प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

6205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका