जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिखर इन्स्योरेन्सले जुम्लामा बीमा सेवा शुरु

शिखर इन्स्योरेन्सले जुम्लामा बीमा सेवा शुरु

कर्णाली प्रदेशको जुम्लामा उत्पादन हुने मार्सी धानको उत्पादन प्रवद्र्धन गर्नको लागी शिखर इन्स्योरेन्सले जुम्लामा बीमा सेवा शुरु गरेको छ ।

छुमचौर जिउलोका किसानले खेतमा लगाएको मार्सी धान खेतीको बीमा गरिएको हो । कृषि अनुसन्धान केन्द्र विजयनगरले छुमचौरमा ६ प्रकारका मार्सी धान लगाएको छ । २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान जोगाउनको लागी बीमा सेवाले सहयोग पुग्ने शिखर इन्स्योरेन्सले विश्वास व्यक्त गरेको छ ।

पछिल्लो समयमा किराको संक्रमणको कारण उत्पादन घट्दै गएपछि किसानले मार्सी धानको खेती गर्न रुची देखाएका थिएनन् । बीमा कार्यक्रम शुरु भएपछि किरा, रोग, पहिरो, धानबालीमा हुने नोक्सानीको क्षतिपूर्ती बीमाबाट नै हुने भएपछि किसानले पुनः खेतीमा रुची देखाउने विश्वास लिइएको छ ।

सरकारले कृषि बीमामा दिने ८० प्रतिशत अनुदानवापतको रकम कटाएर किसानले मार्सी धानखेतीको बीमा गर्दा प्रति रोपनी पचास रुपैयाँ बीमाशुल्कवापत भुक्तानी गर्नुपर्छ ।

2560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका