जोडिनुहोस
बिहिबार, फाल्गुन २८, २०८२
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको जानकारी दिएको हो ।

असार २४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश श्रेष्ठ, राधेश पन्त, बिजय कुमार श्रेष्ठको पदावधी थप गरेको हो । तीनै जनाको पदावधी असार २७ गते पुरा हुन भएको हुदाँ प्रचलित कानून बमोजिम पुन निर्वाचन नभएसम्मको अवधि वा अर्काे ब्यवस्था नभएसम्म वा वार्षिक साधारण सभा नभएसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका