जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहकहरुले अल्फा हेल्थ केयरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले अल्फा हेल्थ केयरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्।

छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका तर्फबाट वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबैले छुट पाउने बैंकले जनाएको छ। साथै डाक्टरको थप परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ।

प्रभु बैंकका ग्राहकहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउने बैंकले जनाएको छ। यसका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेवापत ९५ किमिको दूरीसम्म नि:शुल्क डेलिभरीको व्यवस्था रहने बताइएको छ।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका