जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट बैङ्क र शिखर इन्स्योरेन्सका सीईओ पाण्डेलाई पितृ शोक

नेपाल इन्भेस्टमेन्ट बैङ्क र शिखर इन्स्योरेन्सका सीईओ पाण्डेलाई पितृ शोक

नेपाल इन्भेस्टमेन्ट बैङ्कका सीईओ ज्योतिप्रकाश पाण्डे तथा शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई पितृ शोक परेको छ ।

पाण्डे द्वयका पिता दुर्गा प्रकाश पाण्डेको बिहीबार निधन भएको हो । लेखकको रूपमा परिचित स्वर्गीय पाण्डेले भारतको लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.ए गरेका थिए । ९० वर्षका पाण्डेले सन् १९५६ मा पर्यटन सम्बन्धी तालिम लिएका थिए भने अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा सन् १९६२ मा पनि अध्ययन गरेका थिए ।

स्वर्गीय पाण्डे पर्यटन विभागको उपसचिव सन् १९६१ बनेका थिए । उनले मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख सन् १९६६ मा, महावाणिज्य दूतावास कलकत्ताको सन १९८२ मा, वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव, आपूर्ति मन्त्रालयको सचिव सन १९८८ मा हुँदै उनले वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए ।

त्यस्तै, सीईओ पाण्डेका पिताले नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका थिए। उनले सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धि गर्ने कार्यमा विशेष सहभागिता जनाएका थिए ।

पाण्डेले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पदक तथा दीर्घ सेवा पदक जस्ता मानपदवीहरू पाएका थिए । उनले आफ्नो जीवनकालमा बङ्गलादेश, अमेरिका, जापान, क्यानडा, सिंगापूर, क्युबा गरी विकसित अविकसित गरेर करिब २४ देश भ्रमण गरेका थिए ।

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका