जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • टीभीएस एक्सचेन्ज मेलामा दर्शकहरुको घुइचो,मेला भोलि सकिँदै

टीभीएस एक्सचेन्ज मेलामा दर्शकहरुको घुइचो,मेला भोलि सकिँदै

टीभीएस मोटर्सको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा संचालन गरिरहेको एक्सचेन्ज मेलामा दर्शकहरुको घुइचो लागेको छ । असोज १ गतेदेखि भृकुटीमण्डपमा आयोजना  हुदै आएको उक्त मेला असोज ६ गते भोलि सकिँदै छ । 

मेलामा उल्लेख्य  दर्शकको सहभागिता रहेको कम्पनीले जनाएको छ । मेलामा दैनिक १५ सयको हाराहारीमा दर्शकहरुको आगमन भएको जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेलले बताए ।

 मेलामा पुरानो मोटरसाइकल दिएर नयाँ मोटरसाइकल किन्न खोज्ने लाई प्राथमिकता दिएको पौडेलले  बताए ।‘यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन्।’ पौडेलले  भने ‘त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।’ त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने पौडेलले बताए  ।
  
यसैगरी शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको उनको भनाई छ । ‘कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने छ ।’ पौडेलले भने यस अफरमा प्रि बुकिङ् गरे मात्र पनि ग्राहकहरुको लागि २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ कम्पनीले जनाएको छ ।  

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इ.एम्.आइको सुरुवाती दर  ५ हजार ९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर  लैजान ईएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्कापक्की उपहार प्राप्त गर्ने छन्।   

मेलामा मोटरसाइकल किन्ने ग्राहकले दशैं स्कीम पनि पाउने छन् । जगदम्बा मोटर्सले दशैंमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई लक्षीत गर्दै ६ पटकसम्म उपहार जित्न सक्ने योजना संचालन गरिरहेको छ ।

कम्पनीले दैनिक लक्की ड्रबाट रियलमी सी २० स्मार्टफोन, हरेक हप्ता १ जनालाई मोटरसाइकलको मूल्य बराबर नगद फिर्ता, हरेक महिना एक जनालाई आरआर ३१० मोटरसाइकल र बम्परमा एक जनालाई प्रोटोन सागा कार दिने छ । सबै लक्की ड्र हरेक शुक्रबार बेलुका ६ः४५ मा हिमालयन टीभीबाट हुने कम्पनीले जनाएको छ ।

4810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका