जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी, आधुनिक बैंकिङ प्रवर्द्धन गर्ने

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी, आधुनिक बैंकिङ प्रवर्द्धन गर्ने

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंकारानी जोशी नियुक्त भएकी छन्। बैंक र दी हिडन ट्रेजरबीच मंगलबार ब्राण्ड एम्बासडर नियुक्ति सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका सीइओ किरणकुमार श्रेष्ठ र हिड ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे।

सीइओ श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाको बारेमा थप जानकारी दिई व्यवसायलाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने उद्देश्य राखेको बताए।

अध्यक्ष राजकर्णिकारले सम्झौताले दुवै सस्थाको छवि राम्रो हुने बताए। कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री र प्रमोद कंसाकार सहभागी थिए

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?