जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

महिला ग्राहकलाई महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम

महालक्ष्मी विकास बैंक लिमिटेडको  चिप्लेढुंगा शाखाले साउन महिनाका अवसर पारेर साउन १६ गते आफ्नो संस्थाको महिला ग्राहकलाई मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ।

सोही अवसरमा आफ्नो ग्राहकलाई बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो।

यस किसिमका कार्यबाट बैंकप्रति सर्वसाधरणको विश्वास बढ्ने तथा बैंकिङ प्रणालीमार्फत सर्वसाधरणले आर्थिक कारोबार गर्ने बानीको विकास हुने विश्वास बैंकले लिएको छ।

बैंकले प्रदेश नं. १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

4830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका