जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • अनिल शाह सक्रिय राजनीतिमा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

अनिल शाह सक्रिय राजनीतिमा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पहिलो वार्षिकोत्सवको अवसर पारेर पार्टीका सभापति रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराएका हुन्।

शाहलाई रास्वपाको प्रशिक्षण विभाग प्रमुख बनाइएको छ। १७ वर्ष सीइओ बनेका शाह ३२ वर्षपछि बैंकिङ क्षेत्रबाट बिदा भएका थिए।

पहिलोपटक सीइओका रूपमा उनी नबिल बैंकमा थिए। त्यसपछि उनी मेगा बैंकको सीइओका रूपमा दुई कार्यकाल रहे। फेरि नबिलमै फर्किएर उनले दोस्रो कार्यकाल पूरा गरेका थिए।

‘यतिका वर्षको अनुभवले के बुझें भने नेपालमा कमी केही छैन। छ त केबल व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्वको। यहाँ हरेक क्षेत्रमा लिडर चाहिएको छ। युवाहरुलाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्छ। म अब हुर्किएको बिरुवा बनेर होइन माटो बनेर मल बनेर अझ धेरै बिउहरुलाई हुर्काउने यात्रामा जानुपर्छ भन्ने लागेको छ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका